लेखनाथ महोत्सव अन्र्तगत चित्रकला प्रतियोगिता सम्पन्न

पाेखरा | पुस ११, २०८१

लेखनाथ महोत्सव अन्र्तगत चित्रकला प्रतियोगिता सम्पन्न

पोखरा:    लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गर्ने २०औ संस्करणको लेखनाथ महोत्सव अन्र्तगत विहिबार विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । 


प्रतियोगितामा डायमण्ड माविकी मनिका शाहि प्रथम, रिलायन्स पब्लीक स्कुलकी मनिसा गुरुङ द्धितिय, सिर्जना बहिरा माविका सनम गुरुङ तृतिय र विश्वशान्ति माविका सुर्जल गुरुङ सान्त्वना भएका छन । 


विजयी प्रथम, द्धितीय, तृतिय र सान्त्वना हुनेले क्रमशः नगद ७ हजार, ५ हजार, ४ हजार र ३ हजार प्रदान गरिनेछ भने सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिनेछ । 


पुरस्कार वितरण महोत्सवको मञ्चबाट प्रदान गरिने विद्यालयस्तरीय कार्यक्रम उप–समितिका संयोजक एल पि ढुंगानाले जानकारी दिए ।


लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा आयोजित प्रतियोगितामा १२ वटा विद्यालयका २७ जना छात्र छात्राहरुको सहभागीता रहेको थियो । 


प्रतियोगिहरुलाई पोखराको कृषि र पर्यटनसँग सम्बन्धीत चित्र कोर्न भनिएको थियो । निर्णायकको भुमिकामा सृजनशिल कलाकार समुहका अध्यक्ष डिबि गुरुङ,मिलन शेरचन र झविन्द्र गुरुङ रहेका थिए । 


‘‘प्रतियोगितामा विद्यार्थीहरुले कोरेका चित्रहरुलाई महोत्सवमा प्रर्दशनी एवं बिक्रिको लागी समेत राखिनेछ जसबाट विद्यार्थीहरुले अतिरिक्त आयआर्जन समेत गर्न सक्नेछन’’–संयोजक ढुंगानाले बताए ।


महोत्सवमा विद्यार्थी लक्षीत शैक्षिक प्रर्दशनी, विज्ञान प्रर्दशनी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु पनि हुनेछन भने विद्यार्थीहरुलाई महोत्सव अवलोकनको लागी विद्यार्थी परिचयपत्रको आधारमा टिकटमा छुटको समेत व्यवस्था गरिएको छ ।


यस अघि प्रतियोगिताको उद्घाटन गर्दै लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष एवं पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले पोखरा आँफैमा प्रकृतिको सुन्दर सृजना भएको बताउँदै चित्रकला प्रतियोगिताले विद्यार्थी भाई बहिनीहरुमा पनि सृजनात्मक क्षमताको विकास गराउने वताएका थिए । 


उक्त अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले महोत्सवको बारेमा जानकारी गराउँदै चित्रकला सँगसँगै महोत्सवमा विद्यार्थी लक्षीत शैक्षिक प्रर्दशनी, विज्ञान प्रर्दशनी, नृत्य प्रस्तुतहिरु पनि रहेको बताएका थिए ।


विद्यालयस्तरीय कार्यक्रम उप–समितिका संयोजक एल पि ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संघकी महासचिव जानुका पराजुलीले गरेकी थिइन् । 
 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्